ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षीय रणनीति बनाउँछु: मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना बनाउने घोषणा गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकसँगको अन्तरक्रियामा मन्त्री गुरुङले भने, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना तयार गरेर कार्यान्वयनमा ल्याउने छ ।’
उनले ज्येष्ठ नागरिकको हित हुनेगरी सरकारले आगामी आवको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षसँग आह्वानसमेत गरे । मन्त्री गुरुङले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढ्ने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने तयारी गरेको अवस्थामा आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत सङ्घ, संस्था तथा विज्ञहरुलाई आग्रह गरे ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने कम्तिमा १० जना ज्येष्ठ नागरिकलाई हरेक वर्ष १० लाख नगदसहित सम्मान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले सरकारले ज्येष्ठ नागरिकका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण