हस्पिटालिटी नेपालको चौथो संकरण सुरु
पोखरा । हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो संकरण पनि आयोजना हुने भएको छ । आयोजक संस्था एपीइन्टरटेनमेन्टले पोखरामा एक पत्रकार सम्बेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । कार्यक्रममा आयोजकले प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको छ ।
देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदन दिन सक्ने प्रतियोगितामा बिगतका बर्षभन्दा धेरै अवसर पाउने आयोजकले जनाएको छ ।
‘हामीले तीनवटा सँस्करण उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेकाछौँ । र, यो सँस्करण अझै बढि परिस्कृत हुने दाबी गर्दछौ’ आयोजक एपीइन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ‘प्रतियोगीहरुका लागियो पटक अझै बढि अवसरहरु हामीले सृजना गरेका छौँ ।’
यसवर्षको कन्टेस्ट भ्रमण वर्ष २०२०लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम संयोजक संगम रेग्मीले बताए ।
पोखरा बाहेक काठमाडौं,बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेकोछ ।
विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३०जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन्। त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण