सनराइज बैंकको नवलपुरको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा
नवलपुर– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे।
उक्त कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सीले बैंकले कृषि क्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्फत कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण