सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी
काठमाडौँ । समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको समाजवादी पार्टी त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिने तयारी गरेको हो।
समाजवादी पार्टीका एक नेताले सरकारबाट बाहिरिने विषयमा पार्टीमा छलफल भइरहेको भन्दै यसबारे थप छलफल गर्न मंगबालर नै संसदीय दलको बैठक बोलाइएको बताए ।
स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवापछि सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको बताइएको छ ।
मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद भएको हो । विवादपछि यादव सरकारबाट बाहिरिने मुडमा पुगेका हुन् । स्रोतका अनुसार मंगलबार बिहानै यादवले राजीनामा दिनेबारे संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग छलफल गरेका थिए ।
समाजवादी पार्टी सत्तारुढ दल नेकपासँग २ बुँदे समझदारी गरेर सरकारमा सहभागी भएको थियो । सरकारमा समाजवादी पार्टीको दुई मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण