सशस्त्रका इन्स्पेक्टर र हवल्दार घुससहित पक्राउ
बिहीबार, १० पुस २०७६, १५ : ४९
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।
रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अदुआ बुटवलका प्रवक्ता सुरेश भुषालले रातोपाटीलाई बताए ।
उनीहरु दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण