फेवाताल जोगाउन ४ ठाउँमा ड्याम

पोखरा । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा फेवाताल सिरानमा ड्याम बाँधिने भएको छ । फेवाताल सिरानका ४ ठाउँमा सिल्टेसन ड्याम बाँधिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
महानगर र उद्योग, वन तथा वातावरण मन्त्रालयको २८ करोड १६ लाख रुपैयाँ संयुक्त लगानीमा उक्त सिल्टेसन ड्याम बन्न लागेको हो । वडा नम्बर २४ को बेतयनी र लौरक खोला, २४ को अँधेरी खोला, २३ को हर्पन खोला र घाँछी छिना गरि ४ ठाउँमा बाँध बाँधिने उनले जानकारी दिए । ड्याम बाँध्ने जिम्मा श्री गीता जय नेपाल ईश्वर जेभी र खड्का कृष्ण पिके जेभीले पाएको उनले सुनाए ।
सम्झौताअनुसार १५ महिना भित्रमा कम्पनीले ड्याम बाँधेर सक्नुपर्नेछ । आयोजनामा चेक ड्यामसहित सिल्ट पोखरी पनि निर्माण गरिनेछ । ‘पानीले बगाउँदै ल्याउने गेग्रान र लेदो सिल्ट ड्याम बाँधिसकेपछि ताल भित्र छिर्न पाउने छैन,’ उनले भने ।
ड्याममा जम्मा भएको फोहोरलाई प्रत्येक हप्तामा निकालिने उनले सुनाए । यसअघि फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले ४ किल्ला कायम गरि फेवातालको वरिपरि ६५ मिटर मापदण्ड कायम गर्न गराउन महानगरलाई पत्राचार गरिसकेको छ ।
फेवातालको मापदण्ड कायम गराउन प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन गरिएको थियो । उक्त समितिले असारको पहिलो साताभित्रै फेवाताल मिचेर बनाइएका अवैध संरचना हटाउनुपर्ने थियो । महानगरले अवैध संरचना हटाउनको लागि १५ दिने अल्टिमेटमसहितको सूचना पनि निकालेको थियो ।
यद्यपि, उक्त काम भने अहिले सुस्ताएको छ । महानगरका प्रवक्ता नेपालीले मापदण्ड कार्यान्वयन गर्नका लागि पनि महानगरले होमवर्क गरिरहेको बताए । त्यसको लागि छुट्टै समिति गठन गरेर फेवातालको चार किल्लाको बारेमा अध्ययन गरि प्रतिवेदन तयार पारिने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन