फेवाताल जोगाउन ४ ठाउँमा ड्याम
पोखरा । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा फेवाताल सिरानमा ड्याम बाँधिने भएको छ । फेवाताल सिरानका ४ ठाउँमा सिल्टेसन ड्याम बाँधिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
महानगर र उद्योग, वन तथा वातावरण मन्त्रालयको २८ करोड १६ लाख रुपैयाँ संयुक्त लगानीमा उक्त सिल्टेसन ड्याम बन्न लागेको हो । वडा नम्बर २४ को बेतयनी र लौरक खोला, २४ को अँधेरी खोला, २३ को हर्पन खोला र घाँछी छिना गरि ४ ठाउँमा बाँध बाँधिने उनले जानकारी दिए । ड्याम बाँध्ने जिम्मा श्री गीता जय नेपाल ईश्वर जेभी र खड्का कृष्ण पिके जेभीले पाएको उनले सुनाए ।
सम्झौताअनुसार १५ महिना भित्रमा कम्पनीले ड्याम बाँधेर सक्नुपर्नेछ । आयोजनामा चेक ड्यामसहित सिल्ट पोखरी पनि निर्माण गरिनेछ । ‘पानीले बगाउँदै ल्याउने गेग्रान र लेदो सिल्ट ड्याम बाँधिसकेपछि ताल भित्र छिर्न पाउने छैन,’ उनले भने ।
ड्याममा जम्मा भएको फोहोरलाई प्रत्येक हप्तामा निकालिने उनले सुनाए । यसअघि फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले ४ किल्ला कायम गरि फेवातालको वरिपरि ६५ मिटर मापदण्ड कायम गर्न गराउन महानगरलाई पत्राचार गरिसकेको छ ।
फेवातालको मापदण्ड कायम गराउन प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन गरिएको थियो । उक्त समितिले असारको पहिलो साताभित्रै फेवाताल मिचेर बनाइएका अवैध संरचना हटाउनुपर्ने थियो । महानगरले अवैध संरचना हटाउनको लागि १५ दिने अल्टिमेटमसहितको सूचना पनि निकालेको थियो ।
यद्यपि, उक्त काम भने अहिले सुस्ताएको छ । महानगरका प्रवक्ता नेपालीले मापदण्ड कार्यान्वयन गर्नका लागि पनि महानगरले होमवर्क गरिरहेको बताए । त्यसको लागि छुट्टै समिति गठन गरेर फेवातालको चार किल्लाको बारेमा अध्ययन गरि प्रतिवेदन तयार पारिने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण