सलमान खानको ५४ औं जन्मदिनमा बहिनी अर्पिताले दोस्रो सन्तान जन्माउने
सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् । सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णय लिएका छन् ।
सोहेलको घरमा मनाइनेछ जन्मदिनः
सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउनेछन् जुन मुम्बईको पाली हिल इलाकामा रहेको छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेस जसमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै सेलिब्रिटी पुग्ने सम्भावना छ ।
अर्पिताले बनाउनेछिन् जन्मदिन विशेषः
सलमानका लागि यो जन्मदिन विशेष हुनेछ । वास्तवमा, उनकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाउने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण