जनकपुरमा बम राखिएको आशंकामा आवतजावत बन्द
शुक्रबार, ११ पुस २०७६, १८ : ४२

धनुषा । जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० स्थित धनुषापथमा रहेको सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।
जनकपुरको जानकी मन्दिरदेखि देवीचोक जाने धनुषापथ बाटो छेउमा रहेको नाला नजिकै बोरामा कालो रङ्गको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई जानकारी भएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो स्थानलाई घेरवार गरि बाटो आवतजावतमा निषेध गरेको छ ।
जानकी मन्दिरदेखि देबीचोक जाने एरिया धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शंकाष्पद वस्तुको एकिन गर्न नेपाली सेनाको डिस्पोजल टोली आउँदै गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता
-
परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क