जनकपुरमा बम राखिएको आशंकामा आवतजावत बन्द
शुक्रबार, ११ पुस २०७६, १८ : ४२
धनुषा । जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० स्थित धनुषापथमा रहेको सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।
जनकपुरको जानकी मन्दिरदेखि देवीचोक जाने धनुषापथ बाटो छेउमा रहेको नाला नजिकै बोरामा कालो रङ्गको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई जानकारी भएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो स्थानलाई घेरवार गरि बाटो आवतजावतमा निषेध गरेको छ ।
जानकी मन्दिरदेखि देबीचोक जाने एरिया धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शंकाष्पद वस्तुको एकिन गर्न नेपाली सेनाको डिस्पोजल टोली आउँदै गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण