दाइ सलमानको जन्मदिनलाई विशेष बनाइन् अर्पिताले, योजनामै त्यसै दिन जन्माइन् छोरी
बलिउड नायक सलमान खान सम्बन्ध निभाउन माहिर छन् । उनकै लाइनमा छन् उनको पूरा परिवार । यसको उदाहरण उनकी बहिनी आर्पिता खान बनेकी छिन् । दाइ सलमानको ५४ औं जन्मदिनलाई विशेष बनाउनका लागि अर्पिताले आफ्नो दोस्रो सन्तान जन्माउन २७ डिसेम्बर नै चुनिन् किनभने उनी आफ्ना भाइ सलमानलाई ५४ औं जन्मदिनमा आफ्नो तर्फबाट विशेष उपहार दिन चाहिन्थन् ।
सलमानका म्यानेजरले यसमा विभिन्न समस्या हुने भएतापनि अर्पिताले सलमानका लागि नै यस्तो योजना बनाएको जानकारी दिए । बिहिबार अबेर राती अर्पिता सलमानको बर्थ डे केक कटिङ सेरेमनीमा उपस्थित थिइन् र त्यसपछि हिन्दुजा अस्पतालमा भर्ना भइन् र बिहान उनले छोरी आयतलाई जन्म दिइन् ।
खान परिवारको १८ औं सदस्य बनिन् आयतः
अर्पिताका श्रीमान् आयुष शर्माले इन्स्टाग्राममा छोरीको जन्मको पुष्टि गर्दै लेखे, ‘हाम्री छोरी आयत शर्मा आइसकेकी छिन् । तपाईंहरु सबैको आशिर्वादका लागि धन्यवाद ।’
यसका साथै एक संयुक्त वक्तव्य जारी गर्दै आयुष, अर्पिताले भने, ‘हाम्रो घरमा छोरीको जन्म भएको खबर सुनाउन पाउँदा हामी निकै हर्षित छौं । यो विशेष दिनमा हामी परिवार, साथी र सबै शुभचिन्तकलाई उनीहरुको प्रेम र सहयोगका लागि धन्यवाद दिन चाहन्छौं । यो यात्रा तपाईंहरु सबैको प्रेम र आशिर्वाद बिना पूरा हुन सक्दैनथ्यो ।’
धर्मपुत्री हुन् अर्पिताः
अर्पितालाई सलिम खानले धर्मपुत्रीको रुपमा पालेका हुन् । तर उनको पूरा परिवारले उनलाई असाध्यै माया गर्छ । विशेषगरी अर्पिता सलमान खानसँग निकै नजिक छिन् । सन् १९८१ मा सलिम खान र हेलेनले विवाह गरेपछि उनीहरुको कुनै सन्तान भएन त्यसपछि उनीहरुले अर्पितालाई धर्मपुत्रीको रुपमा स्विकारेका हुन् । सलिम खानका सन्तानमा सबैभन्दा जेठो सलमान खान हुन् । त्यसपछि अरबाज खान, सोहेल खान, अलविरा अग्निहोत्री र सबैभन्दा कान्छी अर्पिता खान शर्मा हुन् । अर्पिताले लण्डन कलेज अफ फेशनबाट फेशन मार्केटिङ र म्यानेजमेन्टको डिग्री लिएकी हुन् । उनले मुम्बईमा आर्किटेक्ट र इन्टेरियर डिजाइनिङ फर्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण