विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ
शनिबार, १२ पुस २०७६, १३ : ०४

काठमाडौँ । सुनसरीको बरोलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् ।
शनिबार बिहान सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ । भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।
संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
कमल थापा पक्राउ
-
एयर इन्डियाद्वारा काठमाडौँ - बैंङ्लोर सिधा उडान
-
पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
-
प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च
-
लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी