विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ
शनिबार, १२ पुस २०७६, १३ : ०४
काठमाडौँ । सुनसरीको बरोलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् ।
शनिबार बिहान सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ । भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।
संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण