ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी
रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए ।
रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको शुक्रबार सोवा जडान गरिएपछि सञ्चारकर्मीलाई दिइएको प्रतिक्रियामा बताए ।
ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको बताए ।
रूसी नेता पुटिनले गत मङ्गलबार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । “अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैन, क्षेप्यास्त्रको कुरै छाडौँ, ।”
अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरिएको भएपनि यसलाई जडान गरिएको थिएन । अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण