अत्यधिक चिसो र शीतलहरका कारण नगरपालिकाका सबै विद्यालय बिदा
आइतबार, १३ पुस २०७६, ११ : ४९
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए ।
वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए ।
यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् ।
बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण