शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ को उपाधी सेलेस्टायललाई

आइतबार, १३ पुस २०७६, १२ : १५
आइतबार, १३ पुस २०७६

काठमाडौं– सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधी सेलेस्टायल (CELESTIAL) टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै सेलेस्टायलले ‘ब्ल्याक पिंक डान्स फेस्टिवलको उपाधी रच्न सफल भएको हो । 

प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाकालागिलागि छानिएका १० प्रतियोगी समूहमध्येवाट सेलेस्टायल टिम आफूलाई अब्बल सावित गर्न सफल भयो । 

काठमाडौंको सिल्भर ओक व्याङ्केट एण्ड इभेन्ट सेन्सरमा शनिबार सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङ्गमा आफ्नो डान्स प्रश्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रश्तुत गर्नेहरु मध्येवाट प्रतिस्पर्धाकालागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।

प्रतियोगितामा ३एपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रेडके इन क्र्यू समूह दोस्रो हुन सफल भएको छ । विजेता मध्ये प्रथम हुने टिमले चार सेट सामसङ ए८० फोन, दित्तिय हुनेले सामसङ ए५०एस र तृतिय हुनेले सामसङ ए३०एस फोन सेट प्राप्त गरेका छन् । 

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाकालागि गत मगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । ती प्रतियोगि टिम क्रमशः H2B (Hearts To Beat), CELESTIAL, Dreaming in   K POP, CREDO-IN CREW, DeepikaTamang, Samir Khatri, Sky little wings, T-gans, 3APM /Lágom x' हुन् । उनीहरुलई शुरुमा कुनैपनि के पपसँगमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । 

प्रतियोगितामा सहभागी हुनकालागि कम्पनिले डिसेम्वर महिनाको २० तारिक सम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फवाट ५÷५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै शनिबारको फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि उनीहरुले प्राप्त गरे ।

त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागीदर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गरे । ब्ल्याकपिंक कभर डान्स कन्टेक्स्ट नामको यो सांगितिक कार्यक्रम कोरियन संस्कृति र संगितले भरिपूर्ण रह्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप