सनराइज बैंकका ग्राहकलाई होटल संग्रीलामा विशेष छुट
बुधबार, १६ पुस २०७६, १८ : ०४
काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, वेभरेज, वेकरी, साउना, स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् । यो सुविधा यस बैंकका ग्राहकहरुले २०७७ साल पौष १५ सम्म उपयोग गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण