सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सनराइज बैंकका ग्राहकलाई होटल संग्रीलामा विशेष छुट

बुधबार, १६ पुस २०७६, १८ : ०४
बुधबार, १६ पुस २०७६

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । 

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, वेभरेज, वेकरी, साउना, स्विमिङ जस्ता सुविधाको भुक्तानी  गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् । यो सुविधा यस बैंकका ग्राहकहरुले २०७७ साल पौष १५ सम्म उपयोग गर्न सक्ने छन् । 


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप