नयाँ वर्षमा मलाइकाले गरिन् अर्जुनलाई चुम्बन, सोसल मिडिया प्रयोगकर्ताले यतिसम्म भने
नयाँ वर्ष २०२० को मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस...२०२०’ । फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओए, होए...२०२० सुरु भइसक्यो ।’ यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘सरको उमेर ३४ र म्यामको ४६... ग्रेट कम्बिनेसन ।’
एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘बुढेसकालको लाठी’ । एक प्रयोगकर्ताले लेखे, ‘अलिकति लाज राख मलाइका’ । त्यस्तै अर्का एकले कमेन्ट गरे, ‘आमा–छोराको प्रेम...वर्षौं वर्षसम्म बाँच ।’
मलाइका र अर्जुन लामो समयदेखि सम्बन्धका कारण चर्चामा छन् । यी दुईलाई पार्टी र मस्ती गरिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारी ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण