नाडा प्रतिनिधि मण्डल र नेपाल राष्ट्र बैङ्कका गर्वनर वीच छलफल
काठमाडौं– नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्वनर डा. चिरञ्जिवी नेपालसँग छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंकले पौष ८ गते ल्याएको क, ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६, ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिँदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको सन्दर्भमा गर्वनर नेपालले यसबारे स्पष्ट पार्दे अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैंकले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउँदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताए ।
उनले नेपालको निर्यात बढ्न नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरे ।
सोही छलफलको क्रममा उहाँले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेन्ट्सगरी तीन किसिमबाट प्रस्तुत हुनुपर्ने सुझाव समेत दिए ।
व्यवसायी, बैंक तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गर्वनर नेपालले बताउनु भयो ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण