लक्ष्मीलाई राजेश पायलले भने, ‘मन पराउँछौ’
बिहीबार, १७ पुस २०७६, १७ : ११
काठमाडौं । चर्चित गायक राजेश पायल राई र गायिका लक्ष्मी आचार्यको स्वर रहेको नयाँ गीत ‘मन पराउँछौ’ सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा सुनिल क्षेत्री र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।
डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको रोमान्टीक गीत दोहोरी र डान्सिङ शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
बेलाबेलामा फरक–फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकदेखि बृद्धसम्मको रोजाइमा पर्ने खालको छ । सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण