बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मीलाई राजेश पायलले भने, ‘मन पराउँछौ’

बिहीबार, १७ पुस २०७६, १७ : ११
बिहीबार, १७ पुस २०७६

काठमाडौं । चर्चित गायक राजेश पायल राई र गायिका  लक्ष्मी आचार्यको स्वर रहेको नयाँ गीत ‘मन पराउँछौ’ सार्वजनिक भएको छ ।  अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा सुनिल क्षेत्री र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । 

डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको रोमान्टीक गीत दोहोरी र डान्सिङ शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।

बेलाबेलामा फरक–फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकदेखि बृद्धसम्मको रोजाइमा पर्ने खालको छ । सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप