रक्सी
शनिबार, १९ पुस २०७६, १० : ०२
१
–शीतल शर्मा
मात्र एक चोटि पिउने मन छ,
नशामै लठ्ठिएर जिउने मन छ
दुःख र दर्द त भुलाइदिन्छ रे
थकान त त्यसै मेटाइदिन्छ रे ।
नशाकै जोशमा फलाक्नु छ धेरै
बह र पीडा लुकेका छन् मेरै
पिऊँ र फेरि ? लत बस्छ भन्छन्,
पिएमा यहाँ जात खस्छ भन्छन् ।
छैन छुट बोल्ने, हुन्छ पोथी बास्या
छोड्यो कि त खित्का, भन्छ कति हाँस्या ?
बस्दा मौन पनि, छैन कतै सुख,
उठ्नु छैन माथि, झुक सधैँ झुक ।
इच्छा छ जाने सत्य सुन्न भट्टी
हुँदैन रे झुट कुरा हुन्छ खाँटी
केको हुनु आँट ? घुक्र्याएको मात्र
छुटाउन लत थर्काएको मात्र ।
मेरै हो बाटो, त्यो बाटो पनि त
छुटे पो नशा तब हुन्थ्यो ज्ञानी त
नतान नशा मृत्यु तान्छ जसले
लोभ्याई आज, भोलि लान्छ उसले ।
के रै’छ त्यस्तो नसक्ने भुल्न ?
वाचै तोडिदिने नशामा झुल्न ।
आज त पिउँछु रे पिउँदैन भोलि
पिउने जति छन् एउटै छ बोली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण