राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन
काठमाडौं । १८ जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर पेश गर्नुपर्ने छ । त्यस्तै उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।
राष्ट्रियसभामा नेकपाका ८, काँग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ ।
कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका र नगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद हुनेछन् ।
स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार फरकफरक कायम गरिएको छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण