हिमेश रेशमियाले दिएका थिए दीपिकालाई पहिलो ब्रेक, म्युजिक भिडियो हेरेर शाहरुखले अफर गरेका थिए ‘ओम शान्ति ओम’
दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छिन् । दीपिका आजकाल आफ्नो नयाँ फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् जसमा उनी एक एसिड पीडितको भूमिकामा देखिएकी छिन् । राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी हुँदासमेत उनले मोडलिङको बाटो पछ्याइन् । थुप्रै वर्षसम्म मोडलिङ गरेपछि उनी फिल्ममा आइन् । दीपिकाले सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत् फिल्मी दुनियाँमा कदम राखेकी थिइन् । यस्तै, सन् २००७ मा उनले ‘ओम शान्ति ओम’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । तर यसअघि उनी एक म्युजिक भिडियोमा देखिएकी थिइन् जसका कारण उनले ‘ओम शान्ति ओम’ फिल्ममा अभिनयको अफर पाइन् र बलिउडमा आफ्नो भिन्न स्थानमा बनाउन सफल भइन् ।
हिमेशले दिएका थिए ब्रेकः
‘ओम शान्ति ओम’ अघि दीपिकालाई फिल्म इन्डष्ट्रिमा ठूलो ब्रेक दिने व्यक्ति हिमेश रेशमिया थिए । उनले दीपिकालाई आफ्नो म्युजिक भिडियो ‘नाम हे तेरा’ मा कास्ट गरेका थिए । हालै जब दीपिका आफ्नो फिल्म ‘छपाक’ को प्रोमोशनका लागि ‘इन्डियन आइडल ११’ मा पुगिन् तब उनले हिमेशलाई पहिलो ब्रेक दिएकोमा धन्यवाद भनिन् । दीपिकाले भनिन्, ‘फराह खान र शाहरुख खानले ‘नाम हे तेरा तेरा’ म्युजिक भिडियो हेरेपछि नै मलाई उहाँहरुको फिल्ममा कास्ट गर्नुभएको थियो । त्यसकारण म हिमेश सरलाई यो मौका दिएकोमा धन्यवाद दिन्छु ।’
हिमेशले गरे दीपिकाको तारिफः
इन्डियन आइडल ११ मा निर्णायकको रुपमा देखिएका हिमेशले दीपिकाको सफलतामाथि खुसी जताउँदै भने, ‘दीपिकाको समर्पण र दृढ निश्चयले नै आज उनी सबैको मनपर्ने नायिका बनेकी छिन् । यो गीतको अडिशनका लागि धेरै युवती आएका थिए तर दीपिका तीमध्ये उत्कृष्ट थिइन् त्यसकारण उनले त्यो मौका हासिल गरेकी थिइन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण