बैंकर्स संघका नव निर्वाचित अध्यक्ष दाहालसहित नयाँ कार्यसमितले गर्यो पदभार ग्रहण
काठमाडौं– बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालसहित संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । संघको १९औं साधारणसभामार्फत सर्वसम्मतिले निर्वाचित कार्यसमितिले पोखरामा आयोजित एक कार्यक्रमका बीच आइतबार पदभार ग्रहण गरेको हो ।
संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) भुवन दाहाल निर्वाचित भएका छन् । दाहाल एक महिना अघि नै सर्वसम्मत निर्वाचित भएपनि उनले पदभार ग्रहण भने गरेका थिएनन् ।
शनिबार संघका निःवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेसँगै दाहालले अध्यक्षको पदभार ग्रहण गरेका हुन् । दाहालसँगै संघको कार्यसमितिका अन्य नयाँ पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका छन् ।
संघको नयाँ कार्यसमिति उपाध्यक्षमा एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अनुकुल भाटनगर निर्वाचित भएका छन् । भाटनगर दोस्रो कार्यकालका लागि पुनःउपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापच्छ्रे बैंकका सीईओ सुमन शर्मा समेत सोही पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
साथै संघको कार्यसमिति सदस्यमा नयाँ ४ अनुहार आएका छन् । यसअघि संघमा नरहेका सनराइज बैंकका सिईओ जनक शर्मा पौडेल, मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली, एनएमबि बैंकका सिईओ सुनिल केसी र नेपाल बैंकका सिईओ कृष्णबहादुर कुँवर संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।
बैंकर्स संघको नयाँ कार्यसमिति सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण