मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्स संघका नव निर्वाचित अध्यक्ष दाहालसहित नयाँ कार्यसमितले गर्यो पदभार ग्रहण

आइतबार, २० पुस २०७६, ११ : ४८
आइतबार, २० पुस २०७६

काठमाडौं– बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालसहित संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । संघको १९औं साधारणसभामार्फत सर्वसम्मतिले निर्वाचित कार्यसमितिले पोखरामा आयोजित एक कार्यक्रमका बीच आइतबार पदभार ग्रहण गरेको हो । 

संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) भुवन दाहाल निर्वाचित भएका छन् । दाहाल एक महिना अघि नै सर्वसम्मत निर्वाचित भएपनि उनले पदभार ग्रहण भने गरेका थिएनन् । 

शनिबार संघका निःवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेसँगै दाहालले अध्यक्षको पदभार ग्रहण गरेका हुन् । दाहालसँगै संघको कार्यसमितिका अन्य नयाँ पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका छन् । 

संघको नयाँ कार्यसमिति उपाध्यक्षमा एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अनुकुल भाटनगर निर्वाचित भएका छन् । भाटनगर दोस्रो कार्यकालका लागि पुनःउपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापच्छ्रे बैंकका सीईओ सुमन शर्मा समेत सोही पदमा सर्वसम्मत निर्वाचित भएका छन् । 

साथै संघको कार्यसमिति सदस्यमा नयाँ ४ अनुहार आएका छन् । यसअघि संघमा नरहेका  सनराइज बैंकका सिईओ जनक शर्मा पौडेल, मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली, एनएमबि बैंकका सिईओ सुनिल केसी र नेपाल बैंकका सिईओ कृष्णबहादुर कुँवर संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।

बैंकर्स संघको नयाँ कार्यसमिति सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप