बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

केन्यामा अमेरिकी सैनिक शिविरमा आक्रमण हुँदा तीनको मृत्यु

सोमबार, २१ पुस २०७६, ११ : ५३
सोमबार, २१ पुस २०७६

केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण हुँदा एक अमेरिकी सैनिकसहित दुईजना ठेकेदारको मृत्यु भएको छ ।

अमेरिकी र केन्या सेनाले प्रयोग गरिरहेको शिविरमा अल सहबाब नामको इस्लामिक समूहले आइतबार आक्रमण गरेको हो ।

रक्षा विभागका अन्य दुई अमेरिकी सैनिक घाइते भएको जानकारीमा उल्लेख छ ।

‘घाइते अमेरिकी सैनिकको अवस्था स्थिर भएको र घटनास्थललाई खाली बनाइएको छ,’ अमेरिकी मिलिटरी अफ्रिका कमान्डले भनेको छ ।

प्रत्यक्षदर्शीले बन्दुकको आवाज सुनेको र कालो धुँवा उडिरहेको देखेको बताए ।

जनरल स्टेफन टाउनसेन्ड, कमान्डर अफ युएस अफ्रिका कमान्डले एक वक्तव्य जारी गर्दै भने, ‘ज्यान गुमाएका हाम्रा सहकर्मीको परिवारजनप्रति गहिरो समवेदना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप