केन्यामा अमेरिकी सैनिक शिविरमा आक्रमण हुँदा तीनको मृत्यु
सोमबार, २१ पुस २०७६, ११ : ५३
केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण हुँदा एक अमेरिकी सैनिकसहित दुईजना ठेकेदारको मृत्यु भएको छ ।
अमेरिकी र केन्या सेनाले प्रयोग गरिरहेको शिविरमा अल सहबाब नामको इस्लामिक समूहले आइतबार आक्रमण गरेको हो ।
रक्षा विभागका अन्य दुई अमेरिकी सैनिक घाइते भएको जानकारीमा उल्लेख छ ।
‘घाइते अमेरिकी सैनिकको अवस्था स्थिर भएको र घटनास्थललाई खाली बनाइएको छ,’ अमेरिकी मिलिटरी अफ्रिका कमान्डले भनेको छ ।
प्रत्यक्षदर्शीले बन्दुकको आवाज सुनेको र कालो धुँवा उडिरहेको देखेको बताए ।
जनरल स्टेफन टाउनसेन्ड, कमान्डर अफ युएस अफ्रिका कमान्डले एक वक्तव्य जारी गर्दै भने, ‘ज्यान गुमाएका हाम्रा सहकर्मीको परिवारजनप्रति गहिरो समवेदना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण