अष्ट्रेलियाको डढेलोबाट बाँचेका कंगारु खाना र पानीका लागि भौंतारिँदै (फोटोफिचर)
अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरहरुको संख्या पनि उत्तिकै छ । केही जनावर त लोप हुने खतरामा छन् ।

नोभेम्बरको अन्तिमतिरबाट आगो नियन्त्रणमा आएको टुउम्बा क्षेत्रको क्रिसबुक बाँध क्षेत्रमा बाँच्न सफल केही जनावरहरु खानाको खोजीमा निस्किएका छन् । जुन क्षेत्रमा लगातार तीन हप्तासम्म आगो लागेको थियो ।
आगोले जलेर घाइते भएका यी जनावरहरु खानाका लागि भौतारिरहेका देखिन्छन् । खानाको अभावमा दुब्लाएका यी जनावरहरु हरियो घाँस पलाएको ठाउँमा चर्नमा निस्किएका छन् । आगलागी भएको क्षेत्रमा पानीका तालहरु सुकेपछि तिर्खाएका कंगारुहरु अहिले जताततै पानीको खोजीमा भौतारिरहेको दृष्य देख्न सकिन्छ ।
अस्ट्रेलियाका विभिन्न राज्यमा आगलागी जारी रहँदा आइतबार न्यु साउथ वेल्सको सिड्नी र मेलबर्नमा पानी परेको छ । पानी परेसँगै त्यहाँका बासिन्दामा खुसी छाएको छ ।
-अष्ट्रेलिया टुउम्बाबाट सरोज पन्त




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण