प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ पारित
हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको नामकरणसम्बन्धी कार्यविधि– २०७६ सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिबाट स्वीकृत भएको छ ।
उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले र प्रदेशसभाका सदस्य रमेश पौडेलले समर्थन गरेका थिए ।
सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश पौडेल, नरोत्तम वैद्य, ओमबहादुर घलान, प्रतिमा श्रेष्ठले छलफलमा भाग लिनुहुँदै प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभाले छुट्टै अध्ययन कार्यदल गठन गरी प्रदेशको १३ वटै जिल्लामा पुगेर प्रदेशको नामकरणका विषयमा सुझाव प्राप्त भइसकेपछि मात्र निर्णय लिनु उपयुक्त हुने राय प्रस्तुत गरेका थिए ।
यसपछि सो प्रस्तावका प्रस्तावक रामेश्वर फुयाँलले प्रदेशसभा सदस्यको भावनालाई समेटेर अघि बढ्ने दृढता व्यक्त गरे । प्रदेशसभाको अर्को बैठक पुस २३ गते बुधबार दिउँसो ३ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण