सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ लम्जुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
पौष २१ गते सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष श्री लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि श्री कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
यसै क्रममा पौष २२ गते मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरे । नगरपालिकाका प्रमुख तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण