बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी !
काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी देखिएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरमा ज्याकी श्राफ नेपाली ढाकाटोपीमा सजिएका छन् ।
ज्याकी श्राफ उक्त टोपी अभिनेत्री मनिषा कोइरालाले उपहार दिएकी हुन् । ज्याकी श्राफसँग मनिषाको केही अगाडि भेट भएका थियो । सोही क्रममा उनले टोपी दिएकी हुन् ।
मनिषाले सार्वजनिक गरेको केही तस्बिर मध्य एक तस्बिरमा उनको आमाबुबा समेत ज्याकी श्राफको साथमा देखिएका छन् ।
पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन बिताइरहेकी मनिषाले तस्विरका साथ ज्याकीसँग एकसाथ केही समय बिताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
ज्याकी र मनिषाले एकसाथ सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’लगायत थुप्रै चलचित्र एकसाथ अभिनय गरेका छन् ।
क्यान्सरबाट मुक्त भएपछि मनिषा पछिल्लो समय सन्जय दत्तको फिल्म ‘प्रस्थानम’मा देखिएकी थिइन् । जसमा ज्याकी श्राफ पनि कलाकारको रुपमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण