आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता ज्याकी श्राफको शीरमा  नेपाली टोपी !

बुधबार, २३ पुस २०७६, १२ : १८
बुधबार, २३ पुस २०७६

काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी देखिएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरमा ज्याकी श्राफ नेपाली ढाकाटोपीमा सजिएका छन् । 

ज्याकी श्राफ उक्त टोपी अभिनेत्री मनिषा कोइरालाले उपहार दिएकी हुन् । ज्याकी श्राफसँग मनिषाको केही अगाडि भेट भएका थियो । सोही क्रममा उनले टोपी दिएकी हुन् ।

मनिषाले सार्वजनिक गरेको केही तस्बिर मध्य एक तस्बिरमा उनको आमाबुबा समेत ज्याकी श्राफको साथमा देखिएका छन् । 

पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन बिताइरहेकी मनिषाले तस्विरका साथ  ज्याकीसँग एकसाथ केही समय बिताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् । 

ज्याकी र मनिषाले एकसाथ सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’लगायत थुप्रै चलचित्र एकसाथ अभिनय गरेका छन् । 

क्यान्सरबाट मुक्त भएपछि मनिषा पछिल्लो समय सन्जय दत्तको फिल्म ‘प्रस्थानम’मा देखिएकी थिइन् । जसमा ज्याकी श्राफ पनि कलाकारको रुपमा रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप