२४ वर्षदेखि फरार अभियुक्तसहित ५ जना पक्राउ
रौतहट । बारा प्रहरीले चोरी मुद्धामा दोषी ठहर भई २४ वर्षदेखि फरार १ जनासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका ९ का काली मुखियाका छोरा वर्ष ४४ का रामबाबुु भन्ने विक्रम मुखिया रहेको प्रहरीले जनाएको छ ।
चोरी सम्बन्धी मुद्धामा बारा जिल्ला अदालतले २०५४ जेष्ठ ३० गते मुखियालाई दोषीठहर गर्दै एक वर्ष ७ महिना कैद सजायको फैसला सुुनाएको थियो । फैसलालगत्तै उनी फरार रहेका थिए ।
त्यसैगरी लुटपाट मुद्धामा फरार रहेका कलैया उपमहानगरपालिका १२ का जवाहिर प्रसाद केशरी, जुुवा मुद्धाका कोल्हवी नपा ८ का केदारनाथ बोगटी, जालसाजी मुद्धाका गढीमाई नपा १० का हृदयनारायण साह र अवैध भारतीय औषधीसहित कलैया १० का जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारको आदापुरबाट ना २९ प ८१९२ नम्बरको मोटरसाईकलमा अवैधरुपमा औषधी ल्याइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा जितेन्द्र साहलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
पक्राउ फरार चारै जनालाई जिल्ला अदालत बाराको निर्देशनमा कैद भुक्तानको लागी वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण