हात्ती तथा जीप सफारी गर्दै ठोरी महोत्सवको आनन्द लिऔं
पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन तथा भारतको वाल्मीकि टाइगर रिजर्भको मध्यभागमा अवस्थित रमणीय स्थल ठोरीमा दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकलाई ल्याउने गरी ठोरी महोत्सवको तयारी पुरा भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा आयोजित महोत्सव भोलीदेखि पुस २९गतेसम्म चल्ने आयोजकले जनाएका छन् । ठोरीको ऐतिहासिक पहिचानलाई आन्तरिक तथा बाह्य पहिचान गराउने गरी आयोजना हुने महोत्सवको तयारी पुरा भएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठल जानकारी दिए ।
महोत्सव अन्तर्गत सुर्वणपुर गढवालाइनमा हात्ती तथा जीप सफारी हुनेछ । यहाँ अवलोकन गर्न आउने अतिथिलाई थोरै शुल्कमा बास तथा खानाको समेत प्रबन्ध मिलाइएको छ । महोत्सवमा विभिन्न जातजातिको खानाको समेत प्रदर्शन गरिनेछ ।
मनोरञ्जन गराउन सुवर्णपुरमा सांस्कृति भवनसमेत निर्माण गरिएको छ । महोत्सवभरि तामाङ तथा मगर समुदायका सांस्कृति कार्यक्रमबाट घरबासमा मनोरञ्जन गराइने व्यवस्था मिलाइएको घरवास (होमस्टे) का अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिए ।
निकुञ्जले निकुञ्जभित्रको दृश्यावलोकन गर्न आउने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति रु ६०० तथा विदेशी पर्यटकका लागि रु एक हजार १०० शुल्क तोकेको छ । भारतीय पर्यटकको रोजाइमा रहेको ठोरीको रमणीय झर्ना, झोलुङ्गेपुल लगायतका दृश्य रहेकाले पनि महोत्सव आकर्षक हुने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण