बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री पुन र अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशकबीच भेटवार्ता

शुक्रबार, २५ पुस २०७६, १४ : १४
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका उर्जा, जलसोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र अन्तर्राट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई  धन्यवाद दिँदै भविष्यमा नवीकरणीय उर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका छन् ।

हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उनले उर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे । मन्त्री पुनले नेपालको उर्जा क्षेत्रका लगानीका लागि अपिलसमेत समेत गरे ।

नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य उर्जाको हुने उल्लेख गरेका छन् । वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य उर्जाका लागि पनि उपयुक्त स्थान भएको उनले स्पष्ट पारे । 

भेटमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय उर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव गरेका थिए । अधिकारीले नवीकरणीय उर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक उर्जा र संघबीच सहकार्य गर्न सकिने बताए । 

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य उर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य उर्जा प्रबद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप