प्रजातान्त्रिक विचार समाजद्वारा सभापति देउवाको ध्यानाकर्षण
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संविधान र विधेयकको बारेमा ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष डा. केदारनरसिंह केसी नेतृत्वको टोलीले शुक्रबार सभापति देउवालाई भेटेर वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्य मान्यतामाथि निरन्तर प्रहार हुँदै गएको भन्दै ध्यानाकर्षण गराएको हो ।
समाजले जनताको ठूलो मत पाएको सरकारले संविधान कार्यान्वयन र जनअपेक्षाअनुसार काम गरेर जनतालाई अनुभूति हुने खालको काम गर्न नसकेको भन्दै लोकतन्त्रलाई कमजोर बनाउने काम प्रजातान्त्रिक विचार समाजलाई स्वीकार्य नहुने बताएको छ ।
अध्यक्ष केसीले लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन काँग्रेसकोे मूलजिम्मेवारी भएको बताउँदै काँग्रेसभित्रै आन्तरिक झगडा हुनु लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको बताए ।
“एकताबद्ध र बलियो भएर सरकार विरुद्ध उभिनुपर्ने काँग्रेस घरभित्रको खिचातानीमा अल्झिएको छ, यसरी अल्झिएको काँग्रेसले कसरी आफ्नो भूमिका निर्वाह गर्नसक्छ”,उनले भने ।
समाजले पार्टीभित्रको झगडाले काँग्रेसलाई माया गर्ने आम मानिसमा निराशा छाएको बताउँदै पार्टीलाई एकताबद्ध र मजबुत बनाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु