प्रजातान्त्रिक विचार समाजद्वारा सभापति देउवाको ध्यानाकर्षण
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संविधान र विधेयकको बारेमा ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष डा. केदारनरसिंह केसी नेतृत्वको टोलीले शुक्रबार सभापति देउवालाई भेटेर वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्य मान्यतामाथि निरन्तर प्रहार हुँदै गएको भन्दै ध्यानाकर्षण गराएको हो ।
समाजले जनताको ठूलो मत पाएको सरकारले संविधान कार्यान्वयन र जनअपेक्षाअनुसार काम गरेर जनतालाई अनुभूति हुने खालको काम गर्न नसकेको भन्दै लोकतन्त्रलाई कमजोर बनाउने काम प्रजातान्त्रिक विचार समाजलाई स्वीकार्य नहुने बताएको छ ।
अध्यक्ष केसीले लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन काँग्रेसकोे मूलजिम्मेवारी भएको बताउँदै काँग्रेसभित्रै आन्तरिक झगडा हुनु लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको बताए ।
“एकताबद्ध र बलियो भएर सरकार विरुद्ध उभिनुपर्ने काँग्रेस घरभित्रको खिचातानीमा अल्झिएको छ, यसरी अल्झिएको काँग्रेसले कसरी आफ्नो भूमिका निर्वाह गर्नसक्छ”,उनले भने ।
समाजले पार्टीभित्रको झगडाले काँग्रेसलाई माया गर्ने आम मानिसमा निराशा छाएको बताउँदै पार्टीलाई एकताबद्ध र मजबुत बनाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण