नेकपाले दियो उपसभामुखलाई राजीनामा दिन निर्देशन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको छन।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।
त्यसका लागि उपसभामुख पदमा नेकपा पार्टीबाटै तुम्बाहाङ्फे निर्वाचित भएकाले उनलाई राजीनामा दिन भनिएको श्रेष्ठको भनाइ छ ।
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।
तत्कालीन सभामुख कृष्णबहादु्र महरामाथि बलात्कार प्रयास आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । उनी सोही अभियोगमा अहिले पुर्पक्षका लागि कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण