नेकपाले दियो उपसभामुखलाई राजीनामा दिन निर्देशन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको छन।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।
त्यसका लागि उपसभामुख पदमा नेकपा पार्टीबाटै तुम्बाहाङ्फे निर्वाचित भएकाले उनलाई राजीनामा दिन भनिएको श्रेष्ठको भनाइ छ ।
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।
तत्कालीन सभामुख कृष्णबहादु्र महरामाथि बलात्कार प्रयास आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । उनी सोही अभियोगमा अहिले पुर्पक्षका लागि कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
-
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
-
सहकारी विवादमा झन् फस्दै गृहमन्त्री लामिछाने
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने