निर्मला पन्तको परिवारको सहयोगार्थ फिल्म ‘कोपिला’को च्यारिटी
काठमाडौं । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई सहयोग गर्ने उद्देश्यले फिल्म ‘कोपिला’को च्यारेटी गरिने भएको छ । मकवानपुर जागरण अभियान नेपालले आउँदो माघ १० गते हेटौडाको एनएस चलचित्र भवनमा फिल्मको च्यारेटी शो गर्न लागेको हो ।
मकवानपुर जागरण अभियान नेपालले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै फिल्मको च्यारेटीको बोमा जानकारी दिएको हो । फिल्म च्यारेटीको दिन स्व.निर्मला पन्तको परिवारलाई हेटौडा बोलाएर ५० हजार सहयोग गर्ने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए । कोइरालाले यसको अलवा केही अगाडि भएको फिल्म पंचायतको च्यारेटीबाट उठेको रकम समेत पन्त परिवारलाई दिने जमानकारी गराए ।
फिल्मका निर्माता मणिराज गौतमले पन्तको बिषयमा फिल्म ‘कोपीला’ बनेको बताए । फिल्ममा ‘कोपीला’को शिर्ष भुमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन । संजिवनीको अलवा गणेश गिरी, सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारको फिल्ममा अभिनय छ ।
गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन् । दिपक शर्माको संगीत रहेको फिल्म शिबम् अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण