नेपालका लागि चीनका सातवटा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्यो (भिडियोसहित)
काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्नेछ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दिनुभएको जानकारीअनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ । त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।
चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।
भारतसँग भएको पारबाहन सम्बन्धिसन्धि पनि तत्कालका लागि नविकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताए । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्ने छ । त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्नेछ ।
सचिव अर्यालका अनुसार भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरु साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिनेछ भने नेपालको ब्यापार लागत कम हुन्छ । भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ । नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको उनले बताए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमी आएको छ । आन्तरिक उत्पादन बढाएर वितरण प्रणालीमा सुधार हुँदा, उपभोग नगर्दा पनि हुने वा जनस्वास्थ्यमा हानी पु¥याउने वस्तुहरुको आयातमा कडाई गरिएपछि ब्यापारघाटा कम भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ६ प्रतिशत भन्दा बढीले ब्यापार घाटा कम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण