‘माओको फोटो टाँस्नेहरुबाट पृथ्वीनारायण शाहको अपमान’
गुल्मी । पृथ्वी नारायण शाहको २५८ औं जन्मजयन्ती गुल्मीको सदरमुकाम तम्घासमा पनि मनाइएको छ । विश्व हिन्दु महासंघ गुल्मीको आयोजनामा बालमन्दिर प्रगाणमा विशेष कार्यक्रमको आयोजना गरेर पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको हो । तर सरकारीस्तरबाट जन्मजयन्ती नमनाएको प्रति कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।
विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य सुरेशचन्द्र भुसालले सरकारी पक्षबाटै पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइनु पर्नेमा नमनाएर अपमान गर्न खोजिएको दुखेसो गरे ।
अहिलेका राजनैतिक दलका नेताले पृथ्वीनारायण शाहको सम्मान गर्न नसके भोलिको पुस्ताले अहिलेका नेतालाई पनि त्यसरी अपमान गर्ने उनको तर्क थियो । भारतमा महात्मा गान्धीको फोटो भित्ता टाँसिन्छ , नेपालका कम्युनिस्टहरुले माओको फोटो टाँस्छन्, तर नेपालमा अङ्ग्रेजलाई छिर्न नदिई राष्ट्रि बचाउने र बिशाल नेपालका अभियान्ता पृथ्वीनारायण शाहको योगदानको भने कदर नगरिनु निकै दुखद कुरा भएको भुसालको भनाइ थियो ।
त्यस्तै बिश्व हिन्दु महासंघका आजिवन सदस्य तम्घासका पुराना समाज सेवी नन्दराम भुसालले पनि राज्य पक्षबाट पृथ्वीनारायण शाहलाई सम्मान नगरिएको प्रति दुख ब्यक्त गरे ।
त्यस्तै राप्रपाका केन्द्रिय सदस्य श्रवणकुमार नेपालीले पृथ्वीनारायण शाहको योगदान भावी पुस्ताले समेत भुल्न नहुने धारणा राखे । उनले पृथ्वीनारायण शाह हिजोको टुक्रा टुक्रा नेपाललाई एउटै मालामा गुथ्ने महान राजनेता भएको बताउँदै उनको योदानलाई बिश्व हिन्दु महासंघ र आफ्नो पार्टीले उच्च सम्मान गर्दै आएको बताए ।
बिश्व हिन्दु महासंघ सहित विभिन्न संघ संस्थाका समाज सेवीहरुले पृथ्वी नारायण शाहको तस्वीरमा माल्याणपर्ण गरि उनको योगदानबारे प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो ललित राजवंशीलाई
-
हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइयोः बुद्ध एयर
-
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
-
वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए
-
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति
-
दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो