राज कपुरकी छोरी तथा अमिताभकी सम्धी रितु नन्दाको निधन
ऋषि र रणधीर कपुरकी बहिनी तथा राजकपुरकी छोरी रितु नन्दाको निधन भएको छ । उनले मंगलबार दिल्लीमा अन्तिम सास फेरिन् । उनी ७१ वर्षकी थिइन् । रणधीर कपुरले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । उनले भने, ‘आज बिहान रितु नन्दा रहिनन् । उनी क्यान्सरसँग जुधिरहेकी थिइन् । हामी दिल्लीमा नै छौं । उनको आजै अन्तिम संस्कार गरिनेछ ।’
रितु अमिताभ बच्चनकी सम्धी हुन् । उनका छोरा निखिलको विवाह अमिताभकी छोरी श्वेतासँग भएको थियो । सन् १९४८ मा जन्मिएकी रितु जीवन बीमा व्यवसायमा सक्रिय थिइन् । उनको विवाह उद्योगपति राजन नन्दासँग भएको थियो, जसको मृत्यु सन् २०१८ मा भइसकेको छ । निखिलबाहेक रितु र राजनकी एक छोरी पनि छिन् जसको नाम नताशा हो ।
गिनिज बुकमा दर्ता छ नामः
जीवन बीमाको व्यवसायमा रितुले विभिन्न अवार्ड र सम्मान पाएकी थिइन् । उनको नाम गिनिज बुक अफ वर्ल्स रेकर्डमा पनि समावेश छ । उनले एकैदिन १७ हजार पेन्सन पोलिसी बेचेकी थिइन् । सन् २०१३ मा उनलाई क्यान्सर लागेको खबर सार्वजनिक भएको थियो, उनको अमेरिकामा उपचार भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण