सिरहा प्रहरीद्वारा ज्यान र हतियार मुद्दामा फरार ३ जना पक्राउ
सिरहा । कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा विसं २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत्र ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चौयाले मिर्चैया नगरपालिका–२ निवासी ५५ वर्षीय रासलाल मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका मण्डलको साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गरिरहेको भैंसीसहित प्रहरीले सिरहा नगरपालिका–२० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेका चार भैँसीसहित भारतको खजुरी पञ्चयात–४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ । पक्राउ परेका भैँसी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण