सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो ।
नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक हो । बैठकमा नेपालले गरेको सो प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाली पक्षको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव धु्रव घिमिरेले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा भण्डारणका लागि भारतको सिलिगुडीदेखि नेपालको झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले राखेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाराजधिराज’मा दुई वर्षा, अरू को–को भए फाइनल ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
जोखिमयुक्त बस्तीको पहिचान र सुरक्षित स्थानान्तरण आवश्यक छ : शङ्कर पोखरेल
-
काठमाडौँबाट अफिमसहित दुई जना पक्राउ
-
यी बेलायतीले तोडे सगरमाथा आरोहणको आफ्नै रेकर्ड
-
असई कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण