दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रशासनको अनुमति

काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।
गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रशासनको अनुमतिलगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।
पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।
लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । (यसअघि जिल्ला अदालत भक्तपुरबाट पक्राउ पुर्जी जारी भएको भन्ने समाचारलाई सच्च्याइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
आगामी आवको बजेटले लगानी प्रवर्द्धन गर्ने अपेक्षा छ : चेम्बर अध्यक्ष अग्रवाल
-
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
-
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
-
निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की
-
आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह