ओली–प्रचण्ड छलफल : सभामुखमा के होला निर्णय ?
काठमाडौँ । केही दिनको सम्वादहिनता तोड्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्षबीच बिहीबार भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । ‘भेटवार्ता हुँदैछ । छलफलको विषय थाहा हुने कुरा भएन’, ती सदस्यले भने, ‘सायद सभामुख चयन प्रकृया बारे नै छलफल होला ।’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत आइतबारयता भेटघाट र संवाद हुन सकेको थिएन । सभामुख चयन प्रकरणमा कुरा नमिलेपछि उनीहरुबीच संवाद र भेटघाटमा केही दिन ‘ब्रेक’ लागेको थियो ।
प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलमा ठोस निष्कर्ष आउन सकेको थिएन ।
जसका कारण प्रतिनिधि सभा बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ । उता उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा ढिलाई गर्दा सभामुख चयन प्रकृया ढिलाई भएको पुर्व माओवादी समूहले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण