अष्ट्रेलियामाथि भारतको जित
अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । राजकोटमा सुक्रबार राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । यससँगै तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
जितका लागि तीन सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा सवै विकेट गुमाएर तीन सय चार रनममा समेटिएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रन बनाए । मार्नुसले ४६, कप्तान आरोन फिन्चले ३३, एस्टोन अगरले २५ र केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले तीन विकेट लिए । नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रन बनाए । लोकेश राहुलले ८०, कप्तान विराट कोहलीले ७८ र रोहित शर्माले ४२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन तथा केन रिचर्डसनले दुई विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण