अकुपाई टुँडिखेल अभियान ११ औं सप्ताहमा, फोटो प्रदर्शनी गरियो
काठमाडौँ । अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ ।
अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो । शनिबार ‘हामी नबिर्सौ नाम दिएर फोटो प्रदर्शनी गरिएको हो ।
अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो । काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भएपनि सम्बन्धित निकायले उठाएर लगेको बताए । खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठि विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने भन्दै ध्यानाकर्षण गराए ।
प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए । सांस्कृति र राजनीतिक महत्व बोकेको टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन मा आएका छन् । भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुँडिखेल मासिँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण