नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : उद्योगमन्त्री भट्ट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् ।
उनले भने, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ।”
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन भने ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे ।
केन्द्रका निर्देशक ब्रह्माकुमारी राजयोगिनी राजदिदीले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासले जीवनमा साँचो शान्ति र खुशी मिल्ने तथा गलत संस्कारबाट छुट्कारा पाइने बताए ।
केन्द्रले अहिले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रमसमेत गरिरहेको छ । उक्त अवसरमा योगाभ्यासका साथै मौन ध्यान–योग कार्यक्रमसमेत गरिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण