छैठौँ महिला उद्यमी सम्मेलन माघको दोश्रो हप्तामा, लक्ष्मी बैंकले सहयोग गर्ने
काठमाडौं– छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ ।
कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गत वर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।
यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोज नागरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजन गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण