अफगानिस्तानमा एकै परिवारका ४ जनाको हत्या
काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताएका छन् । अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ ।
रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन् । युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रुर हत्या भएको यो दोस्रो घटना हो ।
गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए । रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण