जेम्स प्रधानको ‘आईदेउ आईदेउ’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा

काठमाडौं– सुमधुर स्वरका लागी चिनिने जेम्स प्रधानले टुबोर्ग ओपन सेसन्स् सिजन २ मा आफ्नो लोकप्रिय गीत ‘आईदेउ आईदेउ’ को लाईभ प्रस्तुती पेश गरेका छन् । सन् २००४ मा रिलिज भएको ‘आईदेउ आईदेउ’ टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागी विशेष रुपमा रिएरेन्ज गरिएको छ ।
‘आईदेउ आईदेउ’ ले एक प्रेमीको ईच्छाहरु व्यक्त गर्दछ । प्रधानले गीतको शब्द, संगीत र गायनमा काम गरेका छन् भने ड्रम्स्मा प्रबिन मानन्धर, बेसमा पवन कपाली र गितारमा भुपेन्द्र बज्रचार्य र ज्योति घिमिरे रहेका छन् । नेपाली संगीत बजारमा प्रधान प्रचलित कम्पोजर रहेका छन र धेरै लोकप्रिय हिटहरु दिएका छन् । उनको गीत गाउने भिन्न शैलीका लागी पनि उनलाई चिनिन्छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरुको सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ ।
नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ । सिजन १ मा युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको ५१ वटा बेजोड गीतहरुले १ करोड भन्दा बढी भ्यूज संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार
-
प्रधानन्यायाधीशबाट दुई आयोगका अध्यक्षले लिए शपथ
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
सम्झौताअनुसार भारत–नेपाल सीमा नाका खोल्न भारतीय नेतासमक्ष आग्रह
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट छैटौँ पटक कसरी भयो हेर्न नमिल्ने ?