नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ: गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका छन् । चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताए ।
गत असोजमा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उनले बताए । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।
चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले साँस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण