आईएमएस ग्रुप नेपालका लागि लिनियर फ्ल्क्सको आधिकारीक बिक्रेता
काठमाडौं– आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्ल्क्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।
डाक्टर र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरहरूले बनाएको लिनियर फ्ल्क्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस हाइपर डेफिनेशन अडियोको अनुभव दिनेछ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियर फ्ल्क्स आधिरकारीक रुपमा सुरु भएको हो ।
लिनियर फ्ल्क्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पफ डेडी, ब्ल्याक आई पीस, फार इष्ट मुभमेन्ट, जय छउ, वन्डर गर्ल जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ ।

यसको डीएल ०१ इमर्जिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्ल्क्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जवल केबुलहरूको आवश्यकता पर्दैन ।
हाल कम्पनीले लिनियर फ्ल्क्स उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण