बार्सा र रियल कोपा डेल रेको अन्तिम १६ मा
तेस्रो डिभिजनको टोली यूडी इबिजाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जीत निकाल्न सफल रह्यो । बार्साको जीतमा दुवै एन्टोनी ग्रिजमानले दुवै गोल गरे ।
ह्याभी परेजको गोलको मद्दतले इबिजाले नवौँ मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो ।
त्यसपछि बार्सिलोनाले खेलमा फर्कन ७२ मिनेटसम्म पर्खनुपरेको थियो । इन्जुरी समयमा ग्रिजमानले अर्को गोल थप गर्दै बार्सिलोनालाई जीत दिलाए ।
प्रतियोगिताको ३० पटकको विजेता बार्सिलोनाले पछिल्ला ५ मध्ये ४ उपाधिमाथि कब्जा जमाएको थियो ।

उता, रियल म्याड्रिडले पनि तेस्रो युनियननिस्टासलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
रियल म्याड्रिडको जीतमा गेराथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने रियलले हुवान गोन्गोरासको आत्मघाती गोल उपहार पाएको थियो ।
युनियननिस्टासका लागि एक मात्र गोल अल्भारो रोमेरोले गरेका थिए ।
अन्य खेलमा भ्यालेन्सियाले युडी लोग्रोनेसलाई १–० गोलअन्तरले पराजित गर्यो भने टेनेरिफेले रियल भालाडोलिडले २–१ ले, रियल सोसिडाडले एस्पानियोललाई २–० ले तथा भिल्लेरियालले जिरोनालाई ३–० ले हराएको छ ।
त्यस्तै, एथ्लेटिक बिल्बाओले पेनाल्टीमा इल्चेलाई हराउँदा ग्रानाडाले बाडालोनालाई ३–१ ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण