घाइते अस्पतालमा आउनासाथ उपचार : ट्रमा सेन्टर
राष्ट्रिय ट्रमा सेन्टरले सडक दुर्घटनामा घाइते भएका बिरामी अस्पतालमा आउनासाथ उपचार शुरु गरेको पाइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली आज सेन्टर पुग्दा बिरामीको आफन्त वा पैसाको व्यवस्थापनलाई बेवास्ता गरेर उपचार अघि बढाएको पाइएको हो ।
समितिका सदस्य गणेशकुमार पहाडीको संयोजकत्वमा गठित सवारी दुर्घटना न्यूनीकरण उपसमिति स्थलगत अध्ययनका क्रममा आज सेन्टर र बिएण्डबी अस्पताल पुगेको थियो ।
उपसमितिले मुख्य गरेर दुर्घटनामा घाइतेले अस्पतालमा उपचारको अवस्था, दुर्घटनामा संलग्न व्यक्तिले गरिरहेको सहयोग÷असहयोग र बिमाको रकम भुक्तानीको अवस्थाका बारेमा बुझ्न खोजेको पहाडीले बताए।
सेन्टरमा बिरामीको उपचार खर्च नहुँदा पनि उपचार अघि बढाएको पाइएको उनको भनाइ थियो । सेन्टरले आफन्त, यातायात व्यवसायी सम्पर्कमा आएपछि उनीहरुबाट र नआउँदा सङ्घसंस्थाबाट उपचार खर्च व्यवस्थापन गर्दै आएको छ ।
अस्पतालले विपन्नलाई छुटसमेत दिँदै आएको छ । घाइतेले दुर्घटना गराउने व्यक्ति वा कम्पनीसँग उपचार खर्च सहजरुपमा नपाएको गुनासो गरेका छन् । उनले भने, “त्यस विषयमा र बिमाका विषयमा हामीले व्यवसायीसँग कुरा गरेर मात्रै बुझ्न सक्छौँ ।”
सेन्टरका कामु प्रमुख मेडिकल सुपरीटेन्डेन्ट प्रमोदकुमार यादवले अस्पतालमा घाइतेले पैसा नभए पनि तत्काल उपचार पाउने गरी व्यवस्था गरिएको बताए ।
अस्पतालले बिरामी आउनासाथ उसको परिवार र आफन्तको खोजी नगरी उपचार शुरु गर्दै आएको छ ।
अस्पतालमा ‘एमआरआइ’ मेशिन र बिरामीलाई नहिँडाइ सबै खालको उपचार गर्न सकिने श्यया आवश्यक भएको उनले बताए । उनले भन्नुभयो, “पहिले निजी वा अरु सरकारी अस्पतालमा छरिए पनि अहिले घाइते धेरै यहीँ आइरहेका छन् ।”
उपसमितिका संयोजक पहाडीसँगै यज्ञराज सुनुवार, रङ्गमती शाही, दुर्गा पौडेललगायत सचिवालयका कर्मचारी सहभागी थिए । उपसमितिले विकास तथा प्रविधि समितिसमक्ष दुर्घटनाको कारण, अवस्था र न्युनीकरणका उपायका बारेमा अध्ययन प्रतिवेदन दिनेछ ।
उपसमितिको प्रतिवेदन आएपछि सरकार, प्रहरी र यातायात व्यवसायीलाई आवश्यक निर्देशन दिइने उपसमितिले जनाएको छ । गत महिनाहरुमा देशका विभिन्न स्थानमा भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा धेरैको मृत्यु भएसँगै उपसमिति गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण