श्रम र रोजगारीलाई शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताएका छन् ।
कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले सीपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकारले प्राविधिक शिक्षा ऐन ल्याउने जानकारी दिए ।
“सबैको लागि सीप भन्ने शिक्षाको अवधारणा रहेको छ । त्यस कारण प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सीप व्यवहारमा लागू भएमा समृद्धि हुन्छ”, मन्त्री पोखरेलले भने, “प्राविधिक धारको शिक्षाको योग्यता निर्धारणका लागि सरकारले राष्ट्रिय शिक्षा पेशागत अभियान चलाउने योजनामा रहेको छ । यसको खाका बनाई कार्य अगाडि बढाइसकेको छ ।”
सरकारले ‘एक तह एक’ नमूना प्राविधिक शिक्षालयको अवधारणा राख्दै अहिले ६०४ वटा तहमा प्राविधिक शिक्षालय विस्तार गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद डा रणबहादुर रावलले टीकापुरलाई शैक्षिक नगरीका रुपमा विकास गर्न जोड दिए ।
प्रदेश सांसद रतन थापाले सीप र ज्ञानलाई व्यवहारमा लागू गर्ने खालको शिक्षाको आवश्यकता बढ्दै गएकाले यसले सफलता र समृद्ध हुन सघाउने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राविधिक शिक्षाको हेर्ने काम स्थानीय र प्रदेश सरकारको रहेकाले प्राविधिक शिक्षालय गाभिन धेरै विधाको शिक्षामा जोड दिन आग्रह गरे ।
प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्का सदस्य सचिव पुष्परमण वाग्ले परिषद्का गतिविधि जानकारी दिएका थिए ।
समीक्षामा ५९ प्राविधिक शिक्षालयका प्रमुखको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण